२०८३, आश्विन ४ गते

आइतवार, आश्विन ४ गते २०८३

माओवादी केन्द्र बैठक 

अध्यक्ष दाहालले भने : 'एमालेसँग गठबन्धनकाे ‘च्याप्टर क्लोज, सत्ता गठबन्धन निर्बाचनसम्म’ 

बिहिवार , श्रावण १२, २०७९

 

काठमाडौँ, साउन ।  माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले वर्तमान सत्ता गठबन्धन आगामी निर्वाचनसम्म जाने बताएका छन् । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बिहीबार बसेको स्थायी समितिको बैठकमा उनले गठबन्धनको विकल्प खोज्ने पक्षमा उभिन नहुने बताएका हुन् ।

उनले  भने,  बरु गठबन्धनभित्रै सामाजवादी केन्द्र वा उपगठबन्धन बन्न सक्ने बताए । विगतमा गरिएका गल्ती तथा कमजोरी स्वीकार नगरेको तथा कुनै पनि आत्मआलोचना नगरेका कारण एमालेसँग गठबन्धन हुने ‘च्याप्टर क्लोज’ भएको अध्यक्ष दाहालको भनाइ छ ।
उनले भने, हामी अहिले गठबन्धनको विकल्प खोज्ने पक्षमा छैनौं, यसैलाई बढी सुदृढ बनाएर निर्वाचनमा जानुपर्छ । बैठकमा मुलुकको पछिल्लो राजनीतिक अवस्था, पार्टीको सांगठनिक जीवन एवं अवस्थालगायतका विषयमा छलफल भएको थियो ।
बैठकमा अध्यक्ष दाहालले संविधानको रक्षा, शान्ति संविधानको संवर्द्धनका लागि स्थापना भएको गठबन्धनलाई बलियो बनाउने नै यतिखेरको प्रमुख विषय भएको बताएका थिए । नेता गिरिराजमणि पोखरेलले सञ्चारकर्मीलाई  बैठक पुनः शुक्रबार बिहान बस्ने गरी स्थगन भएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार