२०८३, आश्विन ४ गते

आइतवार, आश्विन ४ गते २०८३

नेपाली कांग्रेस

नेता डा. कोइरालाले भने :  ' गठबन्धन कांग्रेसलाई क्षति नहुने गरी गर्नुपर्छ'  

'सहमति, सहकार्य र एकताको भावनाले अगाडि बढे मात्रै कांग्रेसको भविष्य उज्ज्वल हुन्छ'

बुधवार , श्रावण ११, २०७९

 

वीरगन्ज, साउन ।  कांग्रेस नेता शेखर कोइरालाले पार्टीलाई कम क्षति हुनेगरी गठबन्धन गर्नुपर्ने बताएका छन् । प्रेस युनियन पर्साले बुधबार वीरगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा कोइरालाले कांग्रेसलाई क्षति नहुने गरी गठबन्धन गर्नुपर्ने बताएका हुन् । 
कांग्रेसलाई कम क्षति हुने गरी गठबन्धन गर्ने विषयमा छलफल भइरहेको उनको भनाइ थियो । गठबन्धनका अन्य दलहरुले सबै कुरा आफूहरु नै हो भन्ने सोचिरहेको उल्लेख गर्दै उनले कांग्रेस नेपालको पुरानो, ठूलो र स्थानीय निर्वाचनमा सबैभन्दा धेरै सिट जितेको पार्टी भएको बताएका थिए ।
‘मंसिरको पहिलो हप्तामै निर्वाचन हुन्छ भन्ने मलाई विश्वास छ । त्यसमा नेपाली कांग्रेसलाई कम क्षति हुने गरी गठबन्धनमा जाने भनेका छौँ । तर सबभन्दा कम क्षति हुनेगरी कसरी जाने भन्ने हामी छलफल गरिराखेका छौँ, कोइरालाले भने ।
पूर्वसभापति गिरीजाप्रसाद कोइरालाको कथनलाई स्मरण गर्दै ‘सहमति, सहकार्य र एकताको भावना’ले अगाडि बढे मात्रै कांग्रेसको भविष्य उज्ज्वल हुने उनले बताए । नागरिकता विधेयक संसद्बाट पारित भएसँगै मधेशका धेरै जनताहरूमा खुसी छाएको उनको भनाइ छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार