२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

प्रभु बैंक  : 'समर्पण हेल्थ केयर सेन्टरसँग छुटको सम्झौता ' 

बुधवार , श्रावण ११, २०७९

 

काठमाडौँ, साउन । प्रभु बैंक लिमिटेड र समर्पण हेल्थ केयर सेन्टरबच विभिन्न सेवाहरुमा छुट प्रदान गर्नेसम्बन्धी सम्झौता सम्पन्न भएको छ । बैंकका तर्फबाट डिजिटल सेल्स विभागका प्रमुख श्री भेषराज धमला र समर्पण हेल्थ केयर सेन्टरका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री अभिषेक राजथलाले उक्त सम्झौतामा हस्ताक्षर गरेका छन ।  
प्रभु बैंक र उक्त सेन्टरबीच सम्पन्न सम्झौता अनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ्ग कारोबार गरिरहनुभएका सम्पूर्ण ग्राहकले समर्पण हेल्थ केयर सेन्टरद्धारा सञ्चालित प्रयोगशाला परीक्षण ९रगत, दिसा, पिसाब, खकार० सेवामा २० प्रतिशत छुट प्राप्त हुने व्यवस्था गरिएको छ । 
फार्मेसी, ऐस्थेटिक, इ.सी.जी, रेडियोलोजी ९यु.एस्.जी तथा ई.सी.ओ० सेवामा १० प्रतिशत छुट हुने भएको छ । यसका साथै रु २ हजारभन्दा  बढीको औषधी खरीद गनर्,े समर्पण हेल्थ केयर सेन्टरदेखि २ कि. मि.को दुरीभित्र रहनु हुने ग्राहक महानुभावलाई होम डेलिभरीको व्यवस्था गरिएको छ । 
उतm सम्झौता अन्तर्गत समर्पण हेल्थ केयर सेन्टर मा सुविधा लिन चाहने प्रभु बैंकका ग्राहक महानुभावहरुले प्रभु बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग च्यानल प्रयोग गरी भुक्तानी गर्दा, हेल्थ केयर सेन्टरका उल्लेखित सेवाहरुमा आकर्षक छुट प्राप्त हुने व्यवस्था मिलाईएको छ । 
यस सम्झौताबाट बैंकका सम्पूर्ण ग्राहक लाभान्वित हुनुहुनेछ भन्ने बैंकले विश्वास लिएको  बिज्ञप्तिमा उल्लेख छ ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार