२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

स्वास्थ्य मन्त्रालय भन्छ

काठमाडौँ जिल्लामा ५०० बढी सङ्क्रमित

बिहिवार , श्रावण ५, २०७९

काठमाडौँ,साउन ।पछिल्लो समय ४३५ जनामा कोरोना भाइरस सङ्क्रमण भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार तीन हजार ५६९ जनामा गरिएको परीक्षणमा आज देशभर सो सङ्ख्यामा सङ्क्रमण भएको हो ।

हाल सक्रिय सङ्क्रमितको सङ्ख्या दुई हजार ५३७ रहेका छन् । विगत २४ घण्टामा ५६ जना सङ्क्रमणमुक्त भएका छन् । काठमाडौँ जिल्लामा ५०० बढी सङ्क्रमित रहेको पाइएको मन्त्रालयले जनाएको छ ।

आठ जिल्लामा शून्य सङ्क्रमित रहेका छन् । हाल होम आइसोलेशनमा दुई हजार ३९६, संस्थागत आइसोलेशनमा १४१ र सघन उपचार कक्ष (आइसियु)मा १९ जना उपचार भइरहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार