२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

काठमाडौँ कांग्रेस क्षेत्र ५ को बहस 

आगामी संघीय तथा प्रदेश निर्बाचन : "स्थानीय, लोकप्रिय र जनतामा भिजेको उमेद्वार"

काठमाडौ ५ मा करिव ३० जना आकांक्षी : 'संघीयमा नेता रमेश र प्रेमबहादुर खड्काले गरे उमेद्वारी घोषणा' 

शनिवार , आषाढ ३२, २०७९


कठमाडौँ, असार । संघीय र प्रदेश तहको निर्बाचन नजिकिन थालेपछि  नेपाली कांग्रेसमा उमेद्वार चयनमा केन्द्रिय नेतृत्वले बिशेष ध्यान पु¥याउनुपर्ने  बिषयमा आवाज उठ्न थालेका छन । जिल्ला, प्रदेश तथा क्षेत्रस्तरमा बसेर लामो समयदेखि पार्टी संगठन बिस्तारमा काम गरेका नेताहरुले योगदानको मूल्यांकन गरी जो जहाँ काम गरेको छ  त्यहीकालाई उमेद्वार बनाउन माग समेत गर्न थालिएको छ ।   यस्तै बिषयलाई लिएर क्षेत्र नं ५ काठमाडौँले यही बिषयमा छलफल थालेको छ । 
विभिन्न क्षेत्रमा रही काम गर्दै आएका  क्षेत्रभरिका लामो समय काम गरेका र क्रियाशिल ब्यत्तित्वहरुको भेला गरी काठमाडौँ क्षेत्र नं ५ का पूर्व सभापति तथा हाल बागमती प्रदेश सदस्य रमेश खड्काले छलफल थालेका हुन । उनले एक कार्यक्रमको आयोजना गरी निर्बाचनमा नेताहरुका घर घर धाउने  र अन्य क्षेत्रमा लगेर केन्द्रिय नेतृत्वले उमेद्वार दिने प्रबृत्तिको बिरोध गर्दै यस्तो कार्य अन्त्य गर्नुपर्ने धारण राखेका छन । 

pic 5.jpg
undefined

छलफमा उपस्थित सबै नेताहरुले भने, उमेद्वारी चयन गर्दा स्थानीय र पार्टी संगठन बिस्तारमा योगदान गरेकालाई टिकट दिए जिताउन सजिलो हुन्छ, त्यही गर्न सबै केन्द्रिय नेतृत्वलाई दवाव दिन सबै लाग्न्पर्ने बताएका छन  । 
नेता खड्काले काठमाडौँ क्षेत्र नं ५ मा स्थानीय नरहरि आचार्य उमेद्वार नभएपछि पार्टीले यहीको नभई बाहिरबाट ल्याई उमेद्वार दिएपछि जिताउन असजिलो भएको उपस्थित सबै नेताहरुले ब्यक्त गरे ।   

pic 1.jpg
नेता खड्काले भने,  आफू करिव १२ बर्ष काठमाडौ क्षेत्र नं ५ को क्षेत्रीय सभापति भई नेतृत्व सम्हालेर संगठन बिस्तारमा  लामो समय योगदान गरेको स्मरण गर्दै यसरी नै स्थानीय रही पार्टी होस् या संसदीय तथा स्थानीय निर्बाचनमा सक्रिय गोगदान गरेको ब्यत्ति चयन गर्न सबै लाग्नुपर्ने धारणा राख्दै भने, म यस पटक यो क्षेत्रको संघीय सभा सदस्य पदको निर्बाचनमा उमेद्वार हुने  पनि बताए ।  
यस क्षेत्रमा बाहिरबाट ल्याएर उमेद्वार नदिन पनि नेता खड्कालगायत प्रदेश ५ ‘क’ र ‘ख’ का सभापति, रमेश डंगोल तथा राजु खड्काले  यसअघिका निर्बाचनमा चुनाव प्रचार प्रशारका बेला आम मतदाताबाट उठेका सवालले अनुभवले पनि हामीलाई अप्ठयारो रहेको अनुभव शेयर गरे । 
उनीहरुले काठमाडौँ ५ मा यस क्षेत्र बाहिरका विभिन्न ब्यक्तिले उमेद्वार हुने बताउन थालेपछि यस क्षेत्रका स्थानीय तथा लामो समयदेखि यस क्षेत्रमा रहेर काम गर्दै आएका नेताहरुको सक्रियता र धारणा बनाउन कांग्रेसमा एक किसिमको बहस नै थालेको  बताएका छन । 
सो छलफलमा काठमाडौँ ५ मा  संघीय र प्रदेश गरी करिव ३० जनाले उमेद्वार बन्ने ईच्छा राखेको र उनीहरुबीच स्वस्थ किसिमले लाग्ने र सबैले क्षेत्रमा लामो समय काम गरेकोे, सामाजिक क्षेत्रमा काम गरेको र आम मतदाताबीच चिनिएको ब्यत्तिलाई टिकट दिलाउन सबै लाग्ने पनि बताए । 
  

pic 2.jpg
यसै कार्यक्रममा नेपाल बार एशोसियसनका पूर्वअध्यक्ष प्रेमबहादुर खड्काले यस क्षेत्रमा नै बसेर पार्टी तथा आम निर्बाचनमा लागेर सक्रिय भूमिकम निर्बाहा गरेको ब्यत्तिलाई उमेद्वार बनाउन नेतृत्वले ध्यान दिन आग्रह गर्दै भने, आफूले अहिलेसम्म करिव १२ वटा निर्बाचनमा भाग लिएको र कहीँ पनि नहारेको  बताउँदै संघीय संसद सदस्य पदमा उमेद्वार बन्ने घोषण पनि गरे । 

प्रदेश सदस्यका उमेद्वारमा भने ५ क बाट  अमीशराम भट्टराइ, प्रकाश महजर्न  र सराेज पाैडेल तथा ख बाट डा. भगवान खड्का, कृस्ण थापा मगर लगायतकाले उमेद्रवारी घाेषणा   गरेका छन ।
पूर्व सभापति तथा नेता रमेश खड्काले अहिले यही बिषयलाई लिएर सबै बौद्धिक ब्यत्तित्व, स्थानीय नेता, मतदाता तथा सक्रिय सदस्यहरुसँग छलफल गरिरहेको र यसो गरे जित्न तथन जिताउन सजिलो बन्ने बताएका छन । नेता खड्काले क्षेत्रमा बहस तथा छलफल जारी राखेको पनि बताएका छन । निर्बाचन आगामी मंसिर महिनामा  हुँदैछ । 
 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार