२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

स्वास्थ्य  मन्त्रालय भन्छ 

नेपालमा कोरोना  : ' देशभर पछिल्लो २४ घण्टा, थप २२९ मा संक्रमण पुष्टि'

शुक्रवार , आषाढ ३१, २०७९


काठमाडौँ, असार । देशभर पछिल्लो २४ घण्टामा थप २२९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो अवधिमा तीन हजार ७१८ जनाको नमुना परीक्षण गरिएको थियो ।
 एक हजार ६४४ जनाले पीसीआर र दुई हजार ६८ जनाको एन्टिजिन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।  

सो अवधिमा ४८ जना संक्रमणमुक्त भएका छन् । यससँगै संक्रमणमुक्त हुनेको संख्या नौ लाख ६७ हजार ९०६ पुगेको छ । संक्रमणमुक्त हुने दर ९८ दशमलव सात प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा ८७ हजार ९७२ जनाले कोभिडविरुद्धको खोप लगाएका छन् । हाल सक्रिय संक्रमितको संख्या एक हजार २८४ रहेको छ । अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ९५२ पुगेको छ । होम आइसोलेसनमा एक हजार २४९, संस्थागत आइसोलेसनमा ३५, आइसियू १४ र भेण्टेलेटरमा एक जना संक्रमित रहेका छन् ।

हाल देशभरमा पाँच सयभन्दा बढी सक्रिय संक्रमित भएका जिल्ला काठमाडौंमात्रै रहेको छ । शून्य संक्रमित रहेका जिल्लामा ताप्लेजुङ, मनाङ, मुस्ताङ, जाजरकोट, डोल्पा, कालीकोट, मुगु, बाजुरा र डडेलधुरा रहेका छन् । उपत्यकाका तीन जिल्लामध्ये हाल काठमाडौंमा ७८६, ललितपुर ९० र भक्तपुरमा १९ सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ । कुल संक्रमण दर १७ प्रतिशत छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार