२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

स्वास्थ्य मन्त्रालय भन्छ

काठमाडौँ उपत्यका : 'थप चार जनामा हैजा, बिरामी सङ्ख्या २७ पुगे '

शुक्रवार , आषाढ २४, २०७९

काठमाडौँ, असार । काठमाडौँ उपत्यकामा थप चार जनामा हैजा भेटिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा निर्देशक डा चुमनलाल दासले थप चारमा हैजाका बिरामी भेटिएको बताउनुभयो ।

थप चार जनामा हैजा भेटिएसँगै अहिलेसम्म हैजा लाग्नेको सङ्ख्या २७ पुगेको छ । उहाँका अनुसार कागेश्वरी मनहरा ६ का तीन र ललितपुर महानगरपालिकाको हरिसिद्धिका एक जनामा हैजा देखिएको छ ।

कागेश्वरी मनहराका १८ वर्षीया महिला, २४ वर्षीया महिला र १२ वर्षका बालक तथा हरिसिद्धिका ६२ वर्षीया महिला रहेका छन् । कागेश्वरी मनहराका हैजाका बिरामीलाई उपचार पछि घर फर्किसकेको र हरिसिद्धिका ६२ वर्षीया महिलाको सुमेरु अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार