२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

   चीन - नेपाल द्विपक्षीय साझेदारी

चीनले नेपाललाई  भन्यो : " हामी नेपालसँग मिलेर काम गर्न इच्छुक छौँ"

बिहिवार , आषाढ १६, २०७९


बेइजिङ, असार ।  चीनले नेपालसँग द्विपक्षीय रणनीतिक सहयोगात्मक साझेदारी विकास गर्न  मिलेर काम  चाहेको बताएको छ । ब्धबार चीनको परराष्ट्र मन्त्रालयले  बेइजिङमा पत्रकार सम्मेलन गर्दै चीनका लागि नवनियुक्त नेपाली राजदूत विष्णुपुकार श्रेष्ठ जतिसक्दो चाँडो चीन आउने प्रतीक्षा गरिरहेको  पनि बताएको छ । 

चीनका परराष्ट्र प्रवक्ता चाउ ली च्येनले नवनियुक्त नेपाली राजदूतलाई स्वागत गर्न इच्छुक रहेको बताए । उनले नवनियुक्त राजदूतको आगमनसँगै विगतमा दुई देशका शीर्ष नेताहरूबीच भएका सहमति कार्यान्वयन हुने अपेक्षा गरेको बताए । 
उनले  पत्रकार सम्मेलनमा भने,  ‘दुई देशका नेताहरूले गरेका महत्त्वपूर्ण सहमतिलाई कार्यान्वयन गर्न, राजनीतिक विश्वासलाई गहिरो बनाउन, आपसी हितकारी सहयोगको प्रवर्द्धन गर्न र द्विपक्षीय रणनीतिक सहयोगात्मक साझेदारी विकास गर्न नेपाली पक्षसँग मिलेर काम गर्न चीन इच्छुक छ।’

राष्ट्रपति विद्यादेवी भण्डारीले श्रेष्ठलाई अघिल्लो बिहीबार राजदूत नियुक्त गरेकी थिइन् । एक साताभित्र चीनले पनि नियुक्तिको समर्थन गर्दै सहकार्यको अपेक्षा प्रकट गरेको हो । पत्रकार सम्मेलनमा नेपालकी राष्ट्रपतिले भर्खरै चीनका लागि नेपाली राजदूतमा नियुक्त गरेका उम्मेदवारबारे चीनको टिप्पणी मागिएपछि चीनको यस्तो प्रतिक्रिया आएको हो ।

माओवादी केन्द्रको कोटाबाट पठाइएका श्रेष्ठको नाम संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा २८२ अनुसार राजदूतमा नियुक्त गरेकी थिइन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार