२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमण

प्रधानमन्त्री मोदीको लुम्बिनीमा पूजा :  'बुद्ध नेपालमा जन्मेका हुन भन्ने स्वीकारको कूटनीतिक संकेत'

आइतवार , जेठ १, २०७९


लुम्बिनी,  जेठ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालसँगको सम्बन्धलाई थप प्रगाढ तल्याउनु आफ्नो भ्रमणको उद्देश्य भएको बताएका छन ।  लुम्बिनी भ्रमणको पूर्वसन्ध्यामा नयाँ दिल्लीबाट प्रस्थान वक्तव्य जारी गर्दै उनले भने,  नेपालसँगको भारतको सम्बन्ध अतुलनीय  छ ।  
वक्तव्यमा प्रम मोदीले भनेका छन, “मेरो भ्रमणको उद्देश्य शताब्दिऔँदेखि प्रगाढ र अभिलेखित पारस्परिक सम्बन्धलाई मनाउने र त्यसलाई अझ गाढा बनाउनका निम्ति हो । ” प्रम मोदीले भोलि, सोमबार,  बुद्ध जयन्तीको अवसरमा लुम्बिनीमा बिशेष पुजा गर्नेछन ।

परराष्ट जानकारका अनुसार, लुम्बिनीमा  भारतीय प्रम मोदीको बिशेष पूजाले नेपाल भारतबीच बुद्ध जन्मस्थलको बिबाद अन्त्य हुने विश्वास छ । उनीहरु भन्छन, मोदीको लुम्बिनीमा बिशेष पुजाले  भारतले बुद्ध नेपालमा जन्मेका हुन भन्ने कुटनीतिक रुपमा स्वीकार गरेको हो भनने संकेत गर्दछ ।  
प्रधानमन्त्री देउवाको गत महिना भारत भ्रमणका क्रममा भएका फलदायी छलफलपछि प्रधानमन्त्री देउवालाई फेरि भेट्न आफू आतुर रहेको बताउँदै प्रधानमन्त्री मोदीले जलविद्युत्, विकास र सम्पर्क सञ्जार विस्तारलगायत विभिन्न क्षेत्रमा सहयोग बढाउन साझा समझदारीलाई निरन्तरता दिइने वक्तव्यमा उल्लेख गरेका छन ।  प्रधानमन्त्री देउवाको निमन्त्रणामा उहाँ भोलि विशेष विमानबाट यहाँ आउँदै हुनुहुन्छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार