सिन्धपाल्चोक, बैशाख । नेपाल क्रेडिट एण्ड कमर्स बैक लिमिटेड चौतारा शाखाले सामाजिक उत्तरदायित्व अन्तगत वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । चौतारा सागाचोकगढी ७, सानो सिरुवारीस्थित सिद्घिगणेश माध्यमिक बिध्यालय भएको यस कार्यक्रममा बैकका चौतार शाखा प्रबन्धक सम्पुर्ण गिरीको सभापतित्वमा सम्पन्न भएको थियो ।
कार्यक्रममा बचतको महत्व, बचत गरेको रकम बैकमा खाता खोली जम्मा गर्नुपर्ने । ऋण लिने कारण, साना ठूला जुनसुकै प्रकारको ब्यवसाय गर्न बैकबाट सहुलियत ब्याजदरमा कर्जा लिने, बीमा, पारिवारिक बजेटको महत्व, बित्तीय साक्षरतामा नेपाल राष्ट्र बैकको योगदानका साथै धितोपत्र, सम्पती शुध्दिकरण र बिद्युतीय कारोवारसम्बन्धी नेपाल राष्ट्र बैकका भुपु कार्यकारी निर्देशक लक्ष्मी प्रपन्न निरौलाले प्रष्ट पानर्् भयो ।
दोस्रो सत्रमा सोही बैकका मार्केटिङ अफिसर विवेक राजकर्णिकारले बैकको इतिहास बताउदै वित्तीय साक्षरमा तर्फ अग्रसर बन्नु पर्ने कुरामा जोड दिदै बैकले दिइरहेको सेवा सुबिधा सम्बन्धी जानकारी गराउनू भयो ।
एक सयजनाभन्दा बढीको उपस्थिति रहेको यस कार्यक्रममा महिलाहरुको उल्लेख्य सहभागिता रहेको थियो । सहभागीहरुले वित्तीय साक्षरतासम्बन्धी बचत, ऋण, बिमा, शेयरलगायत थुप्रै कुरामा जानकारी दिएकोमा खुशी व्यक्त गरेका थिए ।
कार्यक्रमको अन्तमा कार्यक्रमका सभापति तथा बैंकका प्रबन्धक श्री गिरीले अहिले चौतारा शाखाले १० हजार औषधि बिमा सुबिधा २८ जना सदस्यलाई उपलब्ध गराएको जानकारी गराउंदै बैंक बचतकर्ताहरुको हितमा कार्य गर्ने अग्रणी बैंक रहेको बताउनुभयो ।
त्यसैगरी नेपाल राष्ट्र बैंको निर्देशन बमोजिम बैंक ग्राहक हित संरक्षण गर्न प्रतिबध्द रहेको कुरामा थप प्रष्ट पार्दै उहाँले सहभागिहरुलाई धन्यवाद गर्नुभएको हो । सन इन्फोटेक एण्ड सोलुसन्सको समन्वयमा सम्पन्न भएको उक्त कार्यक्रम संसथाका प्रबन्ध निर्देशक श्री टेकनाथ पोखरेलले संचालन गर्नुभएको थियो ।
देशैभर शाखा सञ्जाल फैलिएको एनसीसी बैंकले ७ वटै प्रदेशमा गरी १३९ शाखा १४ एक्स्टेन्सन काउन्टर र ११४ एटिएम वुथहरु सञ्चालन गरीे ग्राहकलाई स्तरीय सेवा प्रदान गर्दै आएको छ ।
एनसीसी बैंक २५ वर्षदेखि आम नागरिकका माझ विश्वासिलो बैकिङ्ग सेवा प्रवाह गर्नुका साथै सामाजिक कार्यहरुमा पनि सक्रीय रुपमा सहभागी हुँदै आएको छ ।