२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

  कोरोना भाइरस : '१७ जनामा सङ्क्रमण '

बिहिवार , बैशाख २२, २०७९

काठमाडौँ, वैशाख । कोरोना भाइरसको सङ्क्रमण आज १७ जनामा मात्र देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको बुलेटिनमा तीन हजार ८११ जनामा कोरोना परीक्षण गर्दा नौ जनामा सङ्क्रमण देखिएको छ ।

मन्त्रालयका अनुसार सक्रिय सङ्क्रमितको सङ्ख्या २१७ रहेको छ । पछिल्लो समय १५ जना कोरोनाबाट निको भएर घर फर्किएका छन् । योसँगै निको हुनेको सङ्ख्या नौ लाख ६६ हजार ७३० पुगेको छ ।

निको हुने दर ९८.८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । आज सङ्क्रमणबाट कसैको पनि निधन भएको छैन । शून्य सङ्क्रमित जिल्ला ३० पुगेका छन् । नेपालमा सङ्क्रमण दर १७.३ प्रतिशत छ ।

नेपालमा प्रति १० लाखमा ३९३.४ जनाको निधन भएको छ । हाल होम आइसोलेशनमा २१६ र संस्थागत आइसोलेशनमा एक जनाको उपचार हुँदैछ । विगत २४ घण्टामा ९२ हजार ८८ जनाले खोप लगाएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार