काठमाडौं, फागुन । आज फागुन १ गते बिहीबार अमेरिकी डलरसहित प्रायः सबै देशका मद्राको विनिमय दर बढेको छ । गतसोमबार देखि घटेको विनिमयदर आज बढेको हो ।
आज अमेरिकी डलर एकको खरिददर १ सय १३ रुपैयाँ ८४ पैसा तथा बिक्रिदर १ सय १४ रुपैयाँ ४४ पैसा रहेको छ। यूरोपियन यूरो एकको खरिददर १ सय २४ रुपैयाँ २६ पैसा तथा बिक्रिदर १ सय २४ रुपैयाँ ९१ पैसा रहेको छ।
त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १ सय ४७ रुपैयाँ ८० पैसा र बिक्रिदर १ सय ४८ पैयाँ ५८ पैसा रहेको छ। साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ३५ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ५१ पैसा रहेको छ।
त्यस्तै कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ २७ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ४३ पैसा रहेको छ। युएई दिराम एकको खरिददर ३० रुपैयाँ ९९ पैसा छ भने बिक्रिदर ३१ रुपैयाँ १५ पैसा रहेको छ।
मलेसियन रिँगिट एकको खरिददर २७ रुपैयाँ ५३ पैसा तथा बिक्रिदर २७ रुपैयाँ ६७ पैसा रहेको छ। कुवेती दिनार एकको खरिददर ३ सय ७३ रुपैयाँ ५४ पैसा तथा बिक्रिदर ३ सय ७५ रुपैयाँ ५१ पैसा रहेको छ।
बहराईन दिनार एकको खरिददर ३ सय १ रुपैयाँ ९१ पैसा तथा बिक्रिदर ३ सय ३ रुपैयाँ ५० पैसा रहेको छ।
कुन देशको कति ?
