२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

पछिल्लो २४ घण्टा : 'थप १४ जनामा सङ्क्रमण पुष्टि'

शुक्रवार , बैशाख २, २०७९

काठमाडौँ, वैशाख । देशभर पछिल्लो २४ घण्टामा थप १४ जनामा कोभिड १९ सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार यो अवधिमा तीन हजार ९०३ को योसँगै नेपालमा पिसिआर विधिबाट गरिएको परीक्षणमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या नौ लाख ७८ हजार ६४८ पुगेको छ ।

एन्टिजेन परीक्षण विधिबाट सङ्क्रमितको सङ्ख्या एकलाख ४० पछिल्लो समय थप ५५ जना सङ्क्रमणमूक्त भएका छन् । योसँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या नौ लाख ६६ हजार २५९ पुगेको छ ।

यो दर ९८ दशमलव ७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । पछिल्लो समय कारोनाका कारण कसैको पनि मृत्यु भएको छैन । नेपालमा कोभिड सङ्क्रमणका कारण हालसम्म मृत्यु हुनेको सङ्ख्या ११ हजार ९५१ पुगेको छ ।

त्यसैगरी, पछिल्लो समय सात हजार ७९४ले खोप लगाएको पनि मन्त्रालयले जनाएको ण्छ । हाल सक्रिय सङ्क्रमितको सङ्ख्या ४३८ रहेको छ । अहिले होम आइसोलेशनमा ४५५ रहेका छन् ।

त्यसैगरी संस्थागत आइसोलेशनमा १९ र होम आइसोलेशनमा ४१९ रहेका छन् । भेन्टिलेटरमा एक जना र आइसियूमा नौ जनाले उपचार गराइरहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार