२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

मन्त्रिपरिषद निर्णय सार्बजनिक

सरकारका प्रबत्ता कार्कीले भने : "विश्व बैङ्क र युएसएआइडीबाट एकखर्ब सहयोग प्राप्त हुँदै"

शुक्रवार , बैशाख २, २०७९

काठमाडौँ, वैशाख । नेपाल आर्थिक रुपले संकटमा परेका बेला अमेरिकाको अन्तर्राष्ट्रिय विकासका लागि सहयोग निकायबाट अहिलेसम्मकै उच्च सहयोग प्राप्त भएको छ ।  वैदेशिक मुद्राको सञ्चितमा दबाब परेका बेला  नेपालले यस्तो सहयोग हो। 
विश्व बैङ्क समूहको अन्तर्राष्ट्रिय विकास संस्थाबाट रु १८ अर्ब सहुलियतपूर्ण ऋण र संयुक्त राज्य अमेरिकाको अन्तर्राष्ट्रिय विकासका लागि सहयोग निकाय (युएसएआइडी) बाट रु ७९ अर्ब ७१ करोड अनुदान सहायता प्राप्त हुन लागेको हो।
मन्त्रिपरिषद्को गत चैत ३० गते बसेको बैठकले उक्त सहयोग  स्वीकार गर्ने निर्णय भएसँगै मुलुकको अर्थतन्त्रमा केही सहज हुने भएको छ। मन्त्रिपरिषद बैठकको निर्णयबारे जानकारी दिँदै सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले फुकोट कर्णाली अर्धजलाशययुक्त जलविद्युत् आयोजनाका लागि कालिकोट जिल्लाको सान्नीत्रिवेणी गाउँपालिकाको करिब २८० रोपनी जग्गा प्राप्तिका निम्ति  पहल गर्ने निर्णय गरिएको जानकारी दिएका छन । 
उनले भने, “सशस्त्र प्रहरी बल, नेपालको सशस्त्र प्रहरी महानिरीक्षकमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पुष्पराम केसीलाई बढुवा गर्ने, मायादेवी गाउँपालिकामा आधारभूत अस्पताल निर्माण गर्ने र उक्त गाउँपालिकाको प्रशासकीय भवन निर्माणलगायत कार्यका लागि सार्वजनिक जग्गा प्रयोग गर्न स्वीकृति दिने निर्णय गरिएको छ।”
बैठकले सिरहास्थित कर्जन्हा नगरपालिकाको प्रशासकीय भवन निर्माणका लागि सार्वजनिक जग्गा प्रयोग गर्न स्वीकृति दिने र राष्ट्रिय आवास कम्पनी लिमिटेडको अध्यक्ष रामआधार कापरको राजीनामा स्वीकृत गर्ने गर्ने निर्णय गरेको पनिजनाइएको छ । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार