२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

कोरोना भाइरस : 'एघार सङ्क्रमित थपिए'

शनिवार , चैत्र १९, २०७८

काठमाडौँ, चैत । देशभर आज ११ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको बुलेटिनमा तीन हजार ३६० जनामा कोरोना परीक्षण गर्दा ११ जनामा सङ्क्रमण देखिएको छ ।

मन्त्रालयका अनुसार सक्रिय सङ्क्रमितको सङ्ख्या ९४२ जना रहेका छन् । पछिल्लो समय ९० जना सङ्क्रमण मुक्त भएका छन् । यससँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या नौ लाख ६५ हजार ५५९ पुगेको छ ।

यो दर ९८.७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । शून्य सङ्क्रमित भएको १९ जिल्ला छन् । सङ्खुवासभा, सोलुखुम्बु, भोजपुर, सप्तरी, चितवन, नुवाकोट, दोलखा, भक्तपुर, मनाङ, मुस्ताङ, रुकुमपूर्व, दाङ, रुपन्देही सल्यान, जाजरकोट, जुम्ला, डोल्पा, बाजुरा र हुम्लामा शून्य सङ्क्रमित छन् ।

नेपालमा सङ्क्रमण दर १७.६ प्रतिशत छ । हाल होम आइसोलेशनमा ९०२, संस्थागत आइसोलेशनमा ४०, आइसीयूमा १६ र भेन्टिलेटरमा दुई जनाको उपचार हुँदैछ । विगत २४ घण्टामा ५६ हजार ९९३ जनाले खोप लगाएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार