२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

प्रधानमन्त्री देउवाको भारत भ्रमण

आज  देउवा - मोदी  भेटवार्ता हुँदै : "वार्तापछि दुवै प्रधानमन्त्रीले संयुक्त पत्रकार सम्मेलन गर्दै" 

शनिवार , चैत्र १९, २०७८


 
काठमाडौं, चैत  । भारतको भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले आज समकक्षी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने भएका छन् ।

प्रधानमन्त्री देउवाले आज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको नयाँ दिल्लीस्थित नेपाली दूतावासले जनाएको छ । दूतावासका अनुसार दुई प्रधानमन्त्रीबीच नयाँ दिल्लीस्थित हैदरावाद हाउसमा द्धिपक्षीय वार्ता हुनेछ ।

द्विपक्षीय औपचारिक वार्तापछि प्रधानमन्त्री देउवा र मोदीले जनकपुर–जयनगर रेल सुरुआत गर्ने कार्यक्रम छ भने नेपालमा भूकम्पपछि भारतीय सहयोगबाट निर्माण भएका १३० भन्दा बढी स्वास्थ्य चौकीको संयुक्त उद्घाटन  गर्ने कार्यक्रम रहेको जनाइएको छ ।

कार्यक्रम सकिएपछि दुवै प्रधानमन्त्रीले पत्रकार सम्मेलनलाई संयुक्तरुपमा सम्बोधन गर्नेछन् । प्रधानमन्त्री देउवाले आज अपराह्न  ४ः३० बजे भारतका उपराष्ट्रपति वेन्कैया नायडूसँग भेटवार्ता गर्नेछन्  । प्रधानमन्त्री देउवाले आजै साँझ भारतीय व्यापारिक समुदायसँग अन्तरक्रिया गर्ने कार्यक्रम तय भएको छ ।

चार मन्त्रीसहित ५० सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गरेर शुक्रबार भारत प्रस्थान गरेका प्रधानमन्त्री देउवा आइतबार बनारस भ्रमण सकेर सोही दिन स्वदेश फर्किने कार्यक्रम छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार