२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

पछिल्लो २४ घण्टा : ' थप १८ जनामा कोरोना सङ्क्रमण पुष्टि'

शुक्रवार , चैत्र ११, २०७८

काठमाडौं, चैत । देशभर पछिल्लो २४ घण्टामा थप १८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय चार हजार ३४२ को परीक्षण गर्दा उक्त सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो ।

योसँगै पिसीआर विधिबाट गरिएको परीक्षणमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या नौ लाख ७८ हजार ३०९ पुगेको छ । एन्टिजेन परीक्षण गर्नेको सङ्ख्या एक लाख ४० हजार १०५ रहेको छ ।

पछिल्लो समय थप २७१ सङ्क्रमणमुक्त भएका छन् । योसँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या नौ लाख ६४ हजार ३९८ पुगेको छ । हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ९५१ पुगेको छ भने पछिल्लो २४ घण्टामा कोरोनाका कारण कसैको पनि मृत्यु भएको छैन ।

त्यसैगरी पछिल्लो समय ६४ हजार ३४७ ले खोप लगाएको पनि मन्त्रालयले जानकारी दिएको छ । हाल सक्रिय सङ्क्रमितको सङ्ख्या एक हजार ९६० रहेको छ ।

अहिले होम आइसोलेशनमा एक हजार हजार ९१६ रहेका छन् । त्यसैगरी संस्थागत आईसोलेसनमा ४४ आइसीयुमा २१ र भेन्टिलेटरमा दुई जनाले उपचार गराइरहेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार