२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

मधेस प्रदेशसभा : ' बैठक फेरि सारियो'

मंगलवार , चैत्र ८, २०७८

 जनकपुर, चैत । मधेस प्रदेशको प्रदेशसभा बैठक विशेष कारण जनाउँदै फेरि सारिएको छ ।

उक्त बैठक चैत ९ गते बुधबारका लागि आह्वान गरिएकामा प्रदेशसभा सचिवालयले आज जारी गरेको सूचनामा विशेष कारण जनाउँदैै चैत ११ गते दिउँसो २ बजे बस्ने गरी सारेको हो ।

यसअघि गत फागुन २२ मा बोलाइएको बैठक चैत ९ गतेका लागि सारिएको थियो ।

बैठक बस्न ढिलाइ हुँदा प्रदेश सरकारद्वारा अघिल्लो बैठकमा पेश भएको प्रदेश प्रहरी ऐन कार्यान्वयनसम्बन्धी सङ्कल्प प्रस्तावमाथि छलफल हुन सकेको छैन ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार