२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

सेञ्चुरी बैंक : सि.सि.टि.भि.जडान गर्न आर्थिक सहयोग 

सोमवार , फाल्गुण २३, २०७८

 

कठमाडौँ, फागन । सेञ्चुरी कमर्सियल बैंकले आफ्नो ११ औं स्थापना दिवसको पूर्वसन्धामा भक्तपुर जिल्ला सि.सि.टि.भि.जडान समितिलाई नगद रु. एकलाख आर्थिक सहयोग प्रदान गरेको छ ।
 उक्त सहयोग रकम बैंकका वागमती प्रदेश प्रमुख दिपेन्द्रबाबु बिष्टले महानगरीय प्रहरी परिसर, भक्तपुरका प्रमुख शिवकुमार श्रेष्ठक।े विशेष उपस्थितिमा परिसर कार्यलयमा भक्तपुर जिल्ला सि.सि.टि.भि.जडान समितिका कोषाध्यक्ष नविन प्रजापतीलाइ हस्तान्तरण गरेका छन ।  
उक्त कार्यक्रममा सेञ्चुरी बैंकका वागमती प्रदेश उपप्रमुख प्रचिता श्रेष्ठ, सुकुलढोका शाखाका प्रमुख सुकेश शाक्य र भक्तपुर शाखाका प्रमुख उषा खाणंको पनि उपस्थिति थियो । सेञ्चुरी बैंकले भक्तपुरमा तीन शाखामार्फत सेवा प्रदान गर्दै आएको छ ।
समितिका कोषाध्यक्षले यस आर्थिक सहयोगबाट भक्तपुरको अपराध अनुसन्धान र अपराध नियन्त्रणलाई प्रमाणमुखी र प्रभावकारी बनाउन मुख्य राजमार्ग, मुख्य मुख्य चोक, सिमा नाका तथा प्रहरी चेक पोइन्टहरु समेतमा सि.सि.टि.भि. क्यामरा जडान गरी अपराध अनुसन्धान तथा न्यूनिकरण गर्न सहयोग पुग्ने बताउनु भएको छ ।

साथै बैंकको धुलिखेल शाखाले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत जेष्ठ नागरिक सेवा केन्द्र, काभ्रे धुलिखेललाई एक दर्जन कुर्सी दुइवटा टेवल र एक थान दराज लगायतका फर्निचर सामान प्रदान गरेको छ । 
जेष्ठ नागरिक सेवा केन्द्रका अध्यक्ष दिलसुन्दर श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेको प्रमुख आतिथ्यता रहेको थियो । उक्त अवसरमा बैंकले गीता मन्दिर सरसफाई समेत गरेको थियो । सेञ्चुरी बैंकले काभ्रेमा सात शाखामार्फत सेवा प्रदान गर्दै आएको छ ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार