२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

एमसीसीबारे उठेका प्रश्न

अर्थमन्त्रीले संसदमा भने : " व्याख्यात्मक घोषणा प्रस्ताव ल्याउँछु "

आइतवार , फाल्गुण १५, २०७८

काठमाडौं,  फागुन । अर्थमन्त्री जनार्दन शर्माले अमेरिकी सहयोग परियोजना एमसीसीबारे उठेको प्रश्नमा व्याख्यात्मक घोषणाको प्रस्ताव ल्याउने बताएका छन् ।

नेपाल सरकार र मिलेनियम च्यालेन्ज कर्पोरेसनबीच भएको सम्झौतामाथि संसदमा भएको सैद्धान्तिक छलफलमा उठेका प्रश्नहरुको जवाफ दिँदै मन्त्री शर्माले एमसीसीबारे उठेको बहस, नेपाली जनताको चासो र चिन्ताबारे सरकारको ध्यानाकर्षण भएको बताए ।

उनले अघि भने, यी सबै प्रश्न, हाम्रो देशको अवस्था समेतका आधारमा अन्तराष्ट्रिय कानुनको सिद्धान्त र नेपालको कानुनमा भएको व्यवस्थाअनुसार व्याख्यात्मक घोषणा तयारी पारी सरकारको तर्फबाट प्रस्तुत हुने स्पष्ट पार्न चाहन्छु ।

नेपाल सैन्य रणनीतिको हिस्सेदार हुन नसक्ने भन्दै उनले व्याख्यात्मक घोषणाले आम जनतामा उठेका प्रश्नको जवाफ दिने बताएका छन् । लगत्तै संसदले सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव ध्वनि मतका आधारमा पास भएको छ ।

अहिले संसद आधा घण्टाका लागि स्थगित भएको छ । अब बस्ने बैठकमा सरकारले व्याख्यात्मक घोषणाको प्रस्ताव ल्याउने र एमसीसीसँग अनुमोदन गर्ने तयारी छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार