२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

सत्ता गठबन्धन बैठक निर्णय

एमसीसी व्याख्यात्मक घोषणासहित आजै अनुमोदन गर्ने : 'एमाले पनि पक्षमा उभिने विश्वास' 

आइतवार , फाल्गुण १५, २०७८

काठमाडौं, फागुन । आज प्रधानमन्त्री निवास बसेको  पाँच दलीय सत्ता गठबन्धन बैठकले ब्याख्यात्मक घोषणासहित अमेरिकी सहयोगसम्बन्धी सम्झौता एमसीसी पारित गर्ने निर्णय गरेको छ ।
सत्ता गठबन्धनको प्रधानमन्त्री निवास वालुवाटारमा बिहान  बैठक बसेको थियो । सो बैठकले ब्याख्यात्मक घोषणासहित एमसीसी संसदबाट अनुमोदान गर्ने निर्णय गरेको नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले  सञ्चारकर्मीलाई जानकारी दिएका छन ।
‘ब्याख्यात्मक टिप्पणीसहित संसदमा पेश गरेर आजै एमसीसी पारित गर्न गठबन्धन सहमत भयो,’ उनले बताए । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले पार्टीमा निर्णय गर्न बाँकी रहेको भन्दै समय मागेका थिए । तर, समय नभएको भन्दै आजै पारित गर्ने निर्णय गरिएको उनले बताए । नेता पौडेलले थपे, ‘एमसीसी आजै पारित हुन्छ ।’
नेता नेपाल सत्ता गठबन्धनको बैठकबाट छिट्टै बाहिरिएका थिए । सत्ता गठबन्धनको बैठकअघि आज बिहान बसेको नेकपा माओवादी केन्द्रको कार्यालयको विस्तारित बैठकले एमसीसीलाई ब्याख्यात्मक घोषणासहित अनुमोदन गर्ने निर्णय गरेको  छ । पाँच दलीय सत्ता गठबन्धनले एमसीसी पास हुँदै गर्दा प्रमुख प्रतिपक्षी नेकपा एमालेले पनि साथ दिने विश्वास व्यक्त गरेको छ ।

‘सत्तारुढ गठबन्धन सहमत भइसकेको अवस्थामा एमाले पनि पक्षमा उभिने गठबन्धनको विश्वास छ । किनभने उहाँहरुले नै एमसीसी संसदमा लगेको हो र उहाँहरुको प्रस्ताव नै अगाडि बढाउन लागेको हो,’ नेता पौडेलले  थपे । 
एमसीसीका पक्षमा मत प्रकट नगरे एमालेमाथि नैतिक प्रश्न उठ्ने पौडेलको भनाइ छ । ‘राजनीति दलसँग राजनीतिक नैतिकता हुनुपर्छ । त्यो नैतिकता छ कि छैन भन्ने परीक्षण पनि हुन्छ अब एमालेको,’ नेता पौडेलले भने ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार