२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

एमसिसी अनुमाेदन सकस

दलका शीर्ष नेता भेटवार्ता : "एमसिसी, संसद् अवरोध र राष्ट्रिय सन्दर्भबारे छलफल "

बिहिवार , फाल्गुण १२, २०७८

काठमाडौं, फागुन । नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी)बीच भएको अनुदान सहायता सम्झौतालाई प्रतिनिधिसभाबाट अनुमोदन गर्ने विषयलाई लिएर राजनीतिक दलहरुबीचको छलफल तीव्र भएको छ । सम्झौतालाई निष्कर्षमा पु¥याउने उद्देश्यले सत्तारूढ दल नेपाली कांग्रेस, सत्ता साझेदार नेकपा (माओवादी केन्द्र) र प्रमुख प्रतिपक्षी नेकपा (एमाले)का शीर्ष नेताबीच छुट्टाछुट्टै भेटवार्ता भएको छ ।

सरकारले लामो रस्साकस्सीपछि यही फागुन ८ गते सम्झौता प्रतिनिधिसभामा टेबुल गरेको छ । सम्झौता अनुमोदनलाई लिएर सत्ता गठबन्धन, प्रतिपक्षी र जनता विभाजित छन् । सरकारले सम्झौतालाई अनुमोदन गर्ने तयारीका साथ प्रतिनिधिसभामा टेबुल गरेपछि सो सम्झौताको विरोधमा रहेको पक्ष सडक सङ्घर्षमा छन् ।

आजदेखि प्रतिनिधिसभा सम्झौतामाथि छलफल हुने तयारी गरिएको भए पनि अन्तिम समयमा संसद् बैठक स्थगित भयो । प्रतिनिधिसभाको बैठक शुक्रबार १ बजेका लागि बोलाइएको छ । सम्झौतामाथि छलफल सुरु हुने बैठकको सम्भावित कार्यसूचीमा समावेश छ ।

आज संसद् भवन नयाँ बानेश्वरमा कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटर्वाता भएको छ । सो भेटलगत्तै एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच पनि छलफल भएको थियो ।

प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष दाहालसँग अध्यक्ष ओलीको छुट्टाछुट्टै ‘वान टु वान’ छलफल भएको थियो । शीर्ष नेताबीच ‘वान टु वान’ भेटपछि एमाले–कांग्रेस र एमाले–माओवादीका अन्य नेता सहभागी भएर छुट्टाछुट्टै छलफल भएको भेटमा सहभागी एमालेका नेता सुवासचन्द्र नेम्वाङले जानकारी दिएका छन ।

उहाँहरु (देउवा र दाहाल)सँग गम्भीर र लामो कुराकानी भयो”, नेम्वाङले भन्नुभयो, “एमसिसी, राष्ट्रिय सन्दर्भ र संसद्को गतिरोधका सबन्धमा व्यापक छलफल भयो ।” माओवादी नेतृत्वसँग सकारात्मक छलफल भएको उहाँले जानकारी दिए । 

एमाले र माओवादीबीच द्विपक्षीय छलफललाई निरन्तर अगाडि बढाउने सहमति भएको उनले बताए । एमसिसी, संसद्को अवरोध र राष्ट्रिय सन्दर्भमा प्रधानमन्त्रीसँग राम्रो कुराकानी भएको उल्लेख गर्दै नेता नेम्वाङले प्रधानमन्त्री देउवा र अध्यक्ष ओलीबीच फेरि भेट गर्ने सहमति भएको जानकारी दिएका छन । 

एमाले–माओवादी नेतृत्वबीच बहुकोणबाट छलफल भएको जिकिर गर्दै उनले अहिले नै निष्कर्षमा पुगिहाल्ने अवस्था नआएको सञ्चारकर्मीलाई बताएका छन ।  दुई अध्यक्षको भेटवार्तामा सहकार्य गर्ने विषयसम्म पुगिएको छैन, उनले भने । आज बस्ने काम (छलफल) भयो, संसद्का गतिरोधका विषयमा कुराकानी भए, विगतका समीक्षा कुराकानी भए, पहिलो पटक यो तहमा यति गम्भीरतापूर्वक छलफल सुरु भएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार