काठमाडौं, फागुन । प्रतिनिधसभाको बैठक आज, बिहीबार, बस्दैछ । आजको बैठकमा मिलेनियम च्यालेन्स कर्पोरेसन (एमसीसी)नेपाल कम्प्याक्ट संसदमा छलफल हुने भएको छ । यसअघि एमसीसी संसदमा टेबल भएपछि स्थगित भएको थियो । त्यसपछि संसद बैठक आज बस्न लागेको हो ।
आजको बैठको मुख्य एजेण्डा अमेरिकी सहयोग परियोजना एमसीसी नेपाल कम्प्याक्ट नै हुनेछ ।
संघीय संसद सचिवालयले बुधबार सार्वजनिक गरेको प्रतिनिधिसभाको सम्भावित कार्यसूचीमा एमसीसी सम्झौतामाथि छलफल हुने उल्लेख छ । सम्भावित कार्यसूची अनुसार बैठक अघि बढे आज एमसीसीबारे छलफलको प्रस्ताव पेस हुनेछ।
संभवत ः आज एमसीसीबारे निर्णयमा पुग्नेछ । एमसीसी संसदमा छलफल हुने भएपछि नेपाली कांग्रेसले आफ्ना सबै सांसदलाई अनिबार्य उपस्थितिका लागि सूचना गरी गरेको छ भने नेकपा एमाले संसदमा सहभागी हुने मत नहाल्ने रणनीतिमा रहअेको स्रोतले बतायो । माओवादी पनि मत नहाल्ने मनस्थितिमा छ । नेकपा एसको पनि त्यही मत छ ।
गत आइतबारको प्रतिनिधिसभा बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसी सम्झौता पेस गरेका थिए ।एमसीसीबारे छलफल सुरु हुने भएकोले नेपाली कांग्रेसले आफ्ना सांसदहरूलाई अनिवार्य उपस्थितिका लागि निर्देशनसमेत दिइसकेको छ ।
एमसीसी सम्झौता पारित गर्न संसदमा टेबल भए पनि सत्ता साझेदार दलहरू अझै पनि एकमत भएका छैनन् ।
साझेदार दलसँग एमसीसीबारे मत विभाजित भएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख प्रतिपक्षी नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसित पनि छलफल गरिरहेका छन् ।