२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

एमसीसी सकस

गठबन्धनका शीर्ष नेता बैठक : "एमसीसी अनुमोदनका लागि संसदमा पेस गर्ने सहमति "

आइतवार , फाल्गुण ८, २०७८

 

काठमाडौं, फागुन । आज बसेको सत्तारुढ दल गठबन्धनका शीर्ष नेता बैठक सकिएको छ । आज संसदमा अमेरिकी सहयोग परियोजना एमसीसी अनुमोदनका लागि  पेस गर्न  सत्ता गठबन्धन नेता सहमत भएका भएको जनाइएको छ ।  आज  प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकमा एमसीसी संसदमा पेश गर्ने सहमति भएको हो ।
बैठकमा सहभागी जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादवले एमसीसी आज संसदमा टेबल हुन दिने निर्णय भएको बताएका छन । ‘आज टेबल हुन्छ, जे हुन्छ, त्यसपछि हुन्छ,’ उनले भने ।
आज दिउँसो १ बजे प्रतिनिधिसभा बैठक बस्दै छ । त्यसअघि बस्ने कार्यaव्यवस्था परामर्श समितिको बैठकले कार्यसूची तय गर्ने छ ।बैठकपछि सञ्चारकर्मीसँग  कुरा गर्दै सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले भने, ‘अब सडकमा होइन, संसदमा गहन रुपमा छलफल हुन्छ, एउटा निष्कर्षमा पुग्छ ।’
नेपाललाई एमसीसी परियोजना स्वीकृत गर्न अमेरिकाले फागुन १६ गतेसम्मको समयसीमा दिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार