२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

सिभिल बैंक - एफ वन सफ्ट इन्टरनेसनलबीच सम्झौता

बिहिवार , फाल्गुण ५, २०७८

 

काठमाडौँ, फागुन । सिभिल बैंक लिमिटेड र एफ वन सफ्ट इन्टरनेसनल बीच ओम्नी च्यानल प्लेटफर्म सुचारु गर्दै डिजीटल बैंकिङ सेवा तथा सुविधालाई प्रभाकारी बनाउन सम्झौता भएको छ । 
उक्त सम्झौता पत्रमा सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिलकुमार पोखरेल र एफ वन सफ्ट इन्टरनेसनलका प्रमुख कार्यकारी अधिकृत सुवास शर्माले हस्ताक्षर गरेका छन । 
बैंकले मोवाइल बैकिङ्ग सुविधालाई अझ बढी सवल र सुदृढ बनाई ग्राहकको सहज बित्तीय पहुँचलाई मध्यनजर गर्दै उक्त स्तरोन्नति गर्न लागेको हो । 
अब गरिने स्तरोन्नति पश्चात सिभिल बैंकका ग्राहकले मोबाईल एपमार्फत नै बैंक खाता खोल्ने, पैसा पठाउने, पैसा जम्मा गर्ने, बैंक लोन लिने जस्ता सेवाको उपयोग गरि गर्नसक्नेछन । 
सो सेवाबाट सरल ढंगबाट आफुलाई आवश्यक बित्तीय सेवा उपभोग गर्न सक्नेछन् जुन आफैमा एक नौलो सुविधा प्रयोग गरिएको अनुभव प्रदान गर्ने खालको हुनेछ ।  

बैंकले हालसम्म करिव सातलाख ग्राहकलाई ११५ शाखा, १० एक्सटेन्सन काउन्टर तथा ९७ एटिएममार्फत सम्पुर्ण बैंकिङ्ग सेवा तथा सुविधा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार