तनहुँ, माघ । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नेपालीले तनहुँ जलविद्युत् आयोजनालाई जनमैत्री हुनेगरी काम गर्न निर्देशन दिएका छन । शनिबार निर्माणाधीन आयोजनाको स्थलगत निरीक्षण तथा अवलोकनपछि ऋषिङ गाउँपालिका–१, झापुटारस्थित आयोजनाको कार्यालयमा आयोजित कार्यक्रममा मुख्यमन्त्री पोखरेलले सो कुुरा बताएका ह’न ।
स्थलगत अवलोकन गरी उनले हालसम्म आयोजनाका प्राविधिक पक्ष, प्रसारण तथा वितरण लाइन, सुरुङ मार्ग, ड्यामलगायतको भौतिक प्रगतिको बारेमा जानकारी लिएका थिए ।
सुक्खायाममा अभाव नहुने गरी बनाइएको कुलेखानी जलाशययुक्त आयोजना निर्माणको ४० वर्षपछि तनहुँ जलविद्युत् आयोजना सुरुवात भएकाले यो निकै महवपूर्ण र ऐतिहासिक भएको उल्लेख गर्दै मुख्यमन्त्री पोखरेलले निर्धारित समय काम गर्नुपर्ने हुँदा फिल्डको काम छिटो सम्पन्न गर्न परिणाम आउने गरी काम गर्न कर्मचारी र प्राविधिकलाई निर्देशन दिए ।
यो जलविद्युुत् यहाँको समाजसँग अझै घुलमिल बन्नुपर्छ, स्थानीय सरकारसँग समन्वय गरी अपनत्व बढाउनुपर्छ, मुख्यमन्त्री पोखरेलले भने, कार्यक्रममा समावेश भएका बुँदा पालना गर्दै जनस्तरलाई जनमैत्री योजना हो भन्ने महसुस गराउन सक्नुपर्छ ।’’ स्थानीयको जीवनस्तर उकास्ने तथा विस्थापित परिवारलाई रोजगारी दिने सन्देश दिनका लागि सबैको जिम्मेवारी भएको पोखरेलले बताए ।
तनहुँ जलविद्युत् कम्पनीका प्रबन्ध सञ्चालक किरणकुमार श्रेष्ठ, आयोजना प्रमुख राजाभाइ शिल्पाकारसँग मुख्यमन्त्री पोखरेलले कार्य प्रगतिको बारेमा जानकारी लिएका थिए । गण्डकी प्रदेशको नीति तथा योजना आयोगका उपाध्यक्ष डा. रघुराज काफ्लेले ढिलो हुँदा लागत बढ्ने भएकाले समयमै कसरी काम गर्न सकिन्छ भन्ने कुरालाई ध्यान दिएर अघि बढ्न उपयुक्त हुने बताए ।
आयोजनाका प्रबन्ध सञ्चालक श्रेष्ठले वर्षायामको समयमा प्रशस्त बिजुली भए पनि सुक्खायाममा अझै पनि विद्युत् अभाव भई आयात गर्नुपर्ने भएकाले यस आयोजनाले अभाव हुने समयमा विद्युत् भरथेकको काम गर्ने भएकाले महवपूर्ण भएको बताए । ५० करोड ५० लाख अमेरिकी डलरका लागि एडीबीले १५ करोड, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले १८ करोड ४० लाख, युरोपियन लगानी बैङ्कले आठ करोड ५० लाख र नेपाल सरकार÷नेपाल विद्युत् प्राधिकरणले आठ करोड ६० लाख डलर बेहोर्ने गरी वित्तीय व्यवस्थापन गरिएको छ ।
तनहुँमा निर्माणाधीन जलविद्युत् आयोजना १४० मेगावाट क्षमताको रहेको छ । २०६२ सालमा पहिचान भएको र वर्षैभरि १४० मेगावाट विद्युत् उत्पादन हुने नेपालकै दोस्रो जलाशययुक्त आयोजना हो । आयोजनाको लम्बाइ करिब १८ किलोमिटर र जलाशय क्षेत्र ७२६ वर्ग किलोमिटर रहेको छ ।
त्यस्तै जलाशयको कुल भण्डारण क्षमता २९५.१ मिलियन घनमिटर रहनेछ । आयोजनाको बाँधस्थल दमौली नजिकैको दुले पहरामा १४० मिटर अग्लो बाँध निर्माण हुनेछ भने काँहुडाँडाभित्र एक हजार १६२ मिटर लामो सुरुङमार्ग निर्माण गरी सेती नदीको पानीलाई भूमिगत विद्युत् गृहमा पु¥याएर विद्युत् उत्पादन गरिने बताइएको छ । तनहुँ जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् २२० केभीको डबल सर्किट बाट ३९ किलोमिटर लामो प्रसारण लाइन निर्माण गरेर भरतुरस्थित राष्ट्रिय प्रसारण लाइनमा जोडिनेछ ।