२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

शहीदकै बलिदानीको बलमा मधेस प्रदेश स्थापना  : मुख्यमन्त्री राउत

बुधवार , माघ ५, २०७८

जनकपुर, माघ । मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले शहीदकै बलिदानीको बलमा मधेस प्रदेश स्थापना भएको बताएका छन । बलिदानी दिवसको अवसरमा सिरहाको लहानस्थित शहीद चोकमा रहेको शहीद रमेश महतोको शालिकमा माल्यापर्ण गरेपछि उपस्थित नेता कार्यकर्तालाई संक्षिप्त सम्बोधन गर्दै मुख्यमन्त्री राउतले शहीदहरूको बलिदानी दिएकै कारण आफूहरू मधेस प्रदेश स्थापना गर्न सफल भएको  जनाएका छन । 

मधेस आन्दोलनका क्रममा थुप्रै शहीद भए, ती शहीद मधेस प्रदेशको सपना थियो, मुख्यमन्त्री राउतले भने, आज हामी मधेस प्रदेश स्थापना गर्न सकियौँ, यसबाट शहीदको एउटा सपना पूरा भएको हामीलाई लागेको छ ।

मधेस प्रदेशको नामकरणले मधेस आन्दोलनले सम्मान पाएको छ, मुख्यमन्त्री राउतले भने, मधेस आन्दोलनको भावना र मधेसी जनताको चाहनाअनुरूप मधेस प्रदेश कायम भएको छ, यो हामी सबैको गौरबको कुरा हो ।

यसबाट शहीदको सम्मान भएको उनको भनाइ थियो । मुख्यमन्त्री राउतले महतोको शालिकमा माल्यार्पण गरेका छन । महतो मधेस आन्दोलनका प्रथम शहीद हुन् ।

प्रत्येक वर्ष माघ ५ गते मधेस सरकारले भव्यरुपमा बलिदान दिवस मनाउने गरेको छ । यो वर्ष पनि आज मधेस प्रदेश सरकारले सप्तरी सदरमुकाम राजविराजमा बलिदानी दिवस विशेष कार्यक्रम आयोजना गरेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार