२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

सेञ्चुरी क्यापिटल मार्केट्स : प्रमुख कार्यकारी अधिकृतमा रमेशकुमार श्रेष्ठ 

आइतवार , माघ २, २०७८


कठमाडौँ, माघ । सेञ्चुरी क्यापिटल मार्केट्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा श्री रमेशकुमार श्रेष्ठ नियुक्त भएका छन ।  सेञ्चुरी बैकको सहायक कम्पनी सेञ्चुरी क्यापिटल मार्केट्स लिमिटेडमा २०७८ माघ २ देखि श्रेष्ठले पदभार ग्रहण गर्नेछन ।  
श्री रमेशकुमार श्रेष्ठ यसअघि बैंकको प्रमुख बजार अधिकृतका रुपमा कार्यरत हुनुहुन्थ्यो । वाणिज्य शास्त्रमा स्नातकोत्तर गरेको उनले हिमालयन बैंक, सिद्धार्थ बैंक र सेञ्चुरी बैंकमा विभिन्न पदमा रहि २० वर्षभन्दा बढीको अनुभव हासिल गरेका छन ।  
उनी सञ्चालन, व्यवस्थापन तथा व्यवसाय प्रर्वद्धनमा विशेष दख्खल राख्ने एक अनुभवी तथा कुशल व्यवस्थापकको रुपमा चिनिन्छन ।    


 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार