काठमाडौँ, माघ । अनलाइन भुक्तानी सेवा प्रदायक कम्पनी ’खल्ती’ले सिभिल बैंक खाता ‘’खल्ती’’सँग लिङ्क गर्ने प्रयोगकर्ताका लागि रु. १०० बोनस अफर ल्याएको छ छ । साथै, हरेक महिना एकजना भाग्यशाली प्रयोगकर्ताले सामसुङ स्मार्टफोन जित्ने छन ।
यो बोनस अफर पहिलो पटक सिभिल बैंक अकाउन्ट ’खल्ती’सँग लिंक गर्ने प्रयोगकर्ताहरुको हकमा मात्र लागु हुन्छ । प्रयोगकर्ताले लिंक गर्न अगाडी केवाईसी भेरिफाइ गराउन पर्नेछ ।
केही सेकेण्ड मै आफ्नो बैंक लिंक गरी उक्त लिंक गरिएको सिभिल बैंक अकाउन्टबाट ’खल्ती’मा बिना लोड भुक्तानी तुरुन्तै गर्न सकिन्छ ।
यो अफर प्रयोगकर्तालाई डिजिटल भुक्तानी प्रयोग गर्न प्रोत्साहित गर्न र वालेटमा नियमित रूपमा पैसा लोड गर्न लाग्ने समय लाई कम गर्न ल्याइएको हो ।
एक पटक प्रयोगकर्ताले बैंकलाई लिङ्क गरेपछि, यो सेवाले उनीहरूलाई वालेट लोड नगरी केही ट्यापमा पानी, इन्टरनेट, बिजुली, सरकारी राजस्व र अन्य उपलब्ध सेवाहरू जस्ता बिलको भुक्तानी गर्न सहज बनाउँछ । रु. १०० बोनस अफर पौष ३० देखि फागुन १ सम्म लागु हुनेछ।
२० लाखबभन्दा बढी प्रयोगकर्ता भएको ’’खल्ती’’ले बिगत चार वर्षभन्दा बढी समयदेखि नेपाली समाजलाई डिजिटाइज गर्न निरन्तर रुपमा योगदान पुर्याउदै आइरहेको छ।
’खल्ती’’’ वालेटको प्रयोग गरी ६०+ बैंकहरुमा पैसा पठाउन सकिने साथै मोबाइल रिचार्ज, बिजुली, पानी, इन्टरनेट तथा टिभीको बिल भुक्तानी, फिल्म, प्लेन, फोहोर व्यवस्थापन शुल्क, ई–कमर्समार्फत किनिएको सामानको भुक्तानी गर्ने, सरकारी कर तथा सेवा शुल्क तिर्ने जस्ता धेरै सेवाहरु लिन सकिन्छ ।