गाईघाट, पुस । प्रदेश १ सरकारका भौतिक पूर्वाधार विकास मन्त्री हिमाल कार्कीले पुरातात्विक र ऐतिहासिक महत्व बोकेको उदयपुरको चौदण्डीगढी किल्लाको संरक्षण गर्नमा प्रदेश सरकारले कुनै कञ्जुस्याइँ नगर्ने बताएका छन ।
उदयपुरको चौदण्डीगढी नगरपालिका वडा नं १ चौदण्डीगढीस्थित पाल्पाली गाउँमा नेपाली काँग्रेसको स्थानीय वडा समितिद्वारा मङ्गलवार आयोजित एक कार्यक्रममा मन्त्री कार्कीले सो कुरा बताए ।
मन्त्री कार्कीले ऐतिहासिक र पुरातात्विक महत्व बोकेका यस किसिमका पुराना गढी र किल्लाहरुको संरक्षण, सम्बद्र्धन र विकासमा प्रदेश सरकारले कुनै कसुर बाँकी नराख्ने बताए ।
नेपाली काँग्रेस उदयपरको सभापति समेत रहनुभएका मन्त्री कार्कीले विभिन्न पार्टी परित्याग गरी काँग्रेसमा प्रवेश गर्ने करिव तीनदर्जन कार्यकर्ताहरुलाईे स्वागत गर्दै अब काँग्रेसले कुरामा भन्दा काममा जोड दिने बेला आएको बताएका छन ।
उनले प्रदेश सरकारका विभिन्न आयोजनाहरु तोकिएकै मितिमा सम्पन्न गरी जनतालाई छिटोभन्दा छिटो विकासको प्रत्याभूत गराउन आपूmहरु लागिपरेको भन्दै सङ्घीय सरकारका विभिन्न मन्त्रालयहरुले गर्ने काम प्रदेश सरकारको एउटै मन्त्रालयमार्फत हुने गरेको हँुदा कामको चाप अत्यधिक रहेको जनाए ।
मन्त्री कार्कीले सदरमुकाम जोड्ने सबै जिल्लाका सडकलाई प्रदेशिक सडकको रुपमा विकास गरी कालोपत्रे गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको उल्लेख गरे ।