विराटनगर, पुस । मुख्यमन्त्री राजेन्द्रकुमार राईले लोकसेवा आयोगको स्वच्छता र पारदर्शिता बारे नागरिकले अहिलेसम्म प्रश्न उठाउन नसकेको बताएका छन । दोस्रो अन्तर–प्रादेशिक कार्यशाला गोष्ठीमा बोल्नु हुँदै मुख्यमन्त्री राईले लोकसेवाको निष्पक्षता र शुद्धतालाई नागरिकले स्वीकार गरेको बताएका छन ।
उहाँले नागरिकले स्वीकार गरेको निकाय लोकसेवा आयोग भएकोले यसको निष्पक्षलाई जोगाई राख्न आवश्यक रहेको बताए । न्यायालयले आफ्नो स्वतन्त्रता बचाउन नसकेको अवस्थामा लोकसेवा आयोग अहिलेसम्म निष्पक्ष रूपमा अघि बढेको भन्दै मुख्यमन्त्री राईले प्रशंसा गरे ।
लोकसेवालाई घोकन्ते मात्र नबनाई यसको ढाँचा नै परिमार्जन गर्न आवश्यक रहेको उनको सुझाव थियो । उनले प्रदेशमा कर्मचारी अभावको समस्या समाधान गर्न छलफल भइरहेको बताए ।