२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

सुदूरपश्चिम : थप पाँच जनामा कोरोना सङ्क्रमण

मंगलवार , पौष १३, २०७८

काठमाडौँ, पुस ।सुदूरपश्चिम प्रदेशमा पछिलो २४ घण्टामा थप पाँच जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । सो अवधिमा प्रदेशभर पीसीआर र एन्टीजेन विधिबाट ५५९ जनाको नमूना परीक्षण गरिएको थियो ।

स्वास्थ्य निर्देशनालयका अनुसार पिसीआर विधिमार्फत चार तथा एन्टिजेन विधिमार्फत एक जनामा कोरोना पुष्टि भएको हो । पिसीआरमार्फत सेती प्रादेशिक अस्पतालमा तीन र महाकाली अस्पतालमा एक जनामा सङ्क्रमण देखिएको हो । यस्तै एन्टिजेनमार्फत बैतडीका एक जनामा सङ्क्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा प्रदेशभर चार जनाले कोरोना जितेका छन् । उक्त अवधिमा यस प्रदेशमा सङ्क्रमणका कारण कोहीको पनि मृत्यु भएको छैन । सोमबार यस प्रदेशमा १२ जनामा सङ्क्रमण पुष्टि हुँदा पाँच जना निको भएका थिए । सुदूरपश्चिममा कोरोनाबाट हालसम्म ५१४ जनाको ज्यान गइसकेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार