२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

प्रदेश नं १ मा आठ सङ्क्रमित थपिए

सोमवार , पौष १२, २०७८

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आठ जना कोरोना भाइरस सङ्क्रमित थपिएका छन् । झापामा सबैभन्दा बढी पाँच जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । सो अवधिमा मोरङ र पाँचथरमा एकरएक जना सङ्क्रमण पुष्टि भएको हो । सामाजिक विकास मन्त्रालयका अनुसार पीसीआर परीक्षण गर्दा सात जना र ७० जनाको ऐन्टिजेन परीक्षण गर्दा एक जनामा कोरोना सङ्क्रमण देखिएको हो । प्रदेशमा आजै पाँच महिलासहित १७ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् भने अझै प्रदेशमा १०२ जना सक्रिय सङ्क्रमित रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार