२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

उच्च पहाडी क्षेत्रमा हिमपात

सोमवार , पौष १२, २०७८

इलाम,पुस। जिल्लाको उच्च पहाडी क्षेत्रमा हिमपात भएको छ । उच्च पहाडी क्षेत्र सन्दकपुर, जौबारीलगात स्थानमा शनिबार बेलुकीदेखि हिमपात भएको हो ।सन्दकपुर गाउँपालिकाको सन्दकपुर, जौबारी र कालपोखरी र गैरीबास इलाम नगरपालिकाको पाटेनागीलगायत स्थानमा वर्षासहित हिमपात भएको छ ।

हिउँ परेपछि सदरमुकामलगायत वरपरका बासिन्दा हिउँमा खेल्न गएका छन् । हिमपातका कारण चिसो बढेकाले जिल्लाका उच्च पहाडी क्षेत्रको जनजीवन कष्टकर भएको छ । सदरमुकामलगायतका ठाउँमा पनि चिसो बढेको छ । हिउँ परेको क्षेत्रमा गाईबस्तुलाई घाँस खुवाउन र बाहिरको काम गर्न समस्या भएको सन्दकपुर गाउँपालिकाका दिनेश ढकालले जानकारी दिनुभयो । उच्च पहाडी क्षेत्रमा हिमपात भएसँगै दैनिक कामकाजमा पनि समस्या भएको उहाँको भनाइ थियो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार