२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

छुरा प्रहारबाट एकको मृत्यु

आइतवार , पौष ४, २०७८

काठमाडौं, पुस । सिरहाको गोलबजार नगरपालिका,६ मा गएराति दुई समूहबीच छुरा हानाहानमा एक युवकको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् । गोलबजार ६ डोहटियाका २६ वर्षीय रामकुमार सदाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

छुरा लागी गम्भीर घाइते उनीलाई उपचारका लागि धनगढीमाई नगरपालिका– ९ स्थित आरके मेरिसिटी अस्पताल लगिए पनि तत्कालै मृत्यु भएको इलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ । घाइते सोही ठाउँका १९ वर्षीय निकेश सदाको सोही अस्पतालमा उपचार भइरहेको छ । घटनाबारे अनुसन्धान तथा संलग्न व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार