२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

जसपा नेपाल : "मधेश प्रदेश समितिमा पदाधिकारी घोषणा "

बुधवार , मंसिर १५, २०७८


जनकपुर, मङ्सिर  ।  जनता समाजवादी पार्टी नेपालले मधेश प्रदेश समितिको पदाधिकारी घोषणा गरेको छ । जनकपुरधामस्थित पार्टी कार्यालयमा बुधबार आयोजित  कार्यक्रममा प्रदेश २ का भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विजयकुमार यादवले पार्टी समायोजनपछिको मधेश प्रदेश समितिको नव गठित पदाधिकारीको नाम घोषणा गरेका छन ।  
पार्टी एकिकरणपछि केन्द्रिय कार्यकारिणी समिति, केन्द्रिय समिति, संघीय परिषद् गठन भइसकेको अवस्थामा पाटीको सांगठनिक संरचना अनुसार विभिन्न प्रदेश समिति पनि समायोजन भई गत कात्तिक १५ गते प्रदेश परिषद्को बैठकले निर्णय अनुसार बुधबार मधेश प्रदेश समिति पदाधिकारी गठन गरिएको उक्त विज्ञप्तिमा उल्लेखित व्यहोरा समितिका अध्यक्ष एवं मन्त्री यादवले बताएका छन । 
उहाँले नव गठित पदाधिकारीलाई बधाई दिदैं सफल कार्यकालको शुकामनाका दिएका छन । नव गठित समितिका अध्यक्षमा रामबाबुकुमार यादव चयन हुनुभएको छ भने उपाध्यक्षमा रामपृत पासवान, शम्भु झा, शेषनरायण यादव, बृजमोहन तिवारी र रामसेवक यादव गरी पाँचजना उपाध्यक्ष पदका लागि चयन भएका छन ।   अध्यक्ष यादवको नेतृत्वमा ११ सदस्यीय मधेश प्रदेश समिति गठन भएको हो । 
यसैगरी, मुख्य सचिवमा दिनेशकुमार यादव, सचिवमा युसुव अलि, अर्का सचिव निरा साह, सह सचिवमा शैलेशकुमार साह र कोषाध्यक्षमा रेणु यादव चयन भएका छन । कार्यक्रममा पार्टीका पदाधिकारीको उपस्थिति रहेको थियो । 


प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार