२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

मुख्यमन्त्री राउतको सक्रियता :' जनकपुरधाममा वृहत सरसफाई अभियान' 

बुधवार , मंसिर १५, २०७८


जनकपुरधाम, मंसिर  । सिताराम विवाहपञ्चमी महोत्सव नजिकदै गर्दा प्रदेश २ को राजधानी जनकपुरधाममा बुधबार जानकी मन्दिरको आयोजनामा वृहत सरसफाई अभियानको आयोजना गरिएको छ । 
जनकपुरधाम उपमहानगरपालिकाले समयमै फोहरको व्यवस्थापन नगरेपछि दुर्घन्धित बनेको जनकपुरधामको विभिन्न क्षेत्रमा वृहत सरसफाइ अभियानको आयोजना गरी विवाह पञ्चमीको विभिन्न कार्यक्रम ह्ुने स्थानमा थुपारिएर राखिएको फोहरको व्यवस्थापन गरिएको छ । 
सिताराम विवाहपञ्मी महोत्सव अन्र्तगत भगवान राम र जगत जन्नी  सिताको स्वम्वर हुने ठाँउ जनकपुरधामको बाह्र विगाहा रंगभूमि मैदानवाट आयोजना गरिएको वृहत सरसफाइ कार्यक्रममा प्रदेश २ का मुख्यमन्त्री लालवावु राउत, धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोला, जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रमुख लालकिशोर साह, उप प्रमुख रिता झा, जानकी मन्दिरका उतराधिकारी महन्थ रामरोशन दाससहित विभिन्न क्षेत्रका व्यक्तिको सहभागिता रहेको थियो । 
मुख्यमन्त्री राउतसहितका व्यक्तिले आफै नगरको विभिन्न स्थानमा कुच्चो लगाएर आ– आफनो घर अगाडि सफा राख्न नगरवासीलाई सन्देश दिएका छन ।  
सरसफाई अभियानमा सहभागीले जनकपुरधाम उपमहानगरपालिकाले समयमा फोहर व्यवस्थापन नगरेका कारण यस प्रकारको अवस्था आएको भन्दै विवाह पञ्चमी अगाडि नै नगरको फोहर व्यवस्थापन गर्नुपर्ने बताएका थिए । 
जनकपुर नगर क्षेत्रमा देखिएको फोहरको व्यवस्थापन नभएपछि विवाह पञ्चमीमा आउने तीर्थयात्रीलाई असहज परिस्थितिको सामना गर्नुपर्ने भएकाले वृहत सरसफाइ अभियानको आयोजना गरिएको जानकी मन्दिरका उत्तराअधिकारी महन्थ दासले बताए ।  
अभियान अन्र्तगत आज औपचारिक रुपमा कार्यक्रमको आयोजना गरिए पनि सफाईको कार्यक्रम भन्ने निरन्तर जारी रहने उत्तराधिकारी महन्थ दासले बताएका छन । 
कार्यक्रममा मुख्यमन्त्री राउतले सञ्चारकर्मीसँग कुरा गर्दै जनकपुरधामको विश्वमा एउटा छुटै पहिचान भएको भन्दै त्यस पहिचानलाई कायम राख्नमा सबैको सहयोग आवश्यक भएको उनले बताएका छन ।  
उहाँले भारत र नेपालका विभिन्न भागवाट आउने तीर्थयात्रीलाई कुनै किसिमको समस्या नहोस त्यसका लागि सम्बन्धित सबै पक्षलाई तदारुकताका साथ तयार भएर काम गर्न आग्रह गरे ।  

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार