२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

मुख्यमन्त्री केसीले भने : 'बसाई सर्नुपर्ने अवस्थाको अन्त्य गर्छौं’ 

सोमवार , मंसिर १३, २०७८


तम्घास, मङ्सिर । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले खानेपानीको समस्याका कारण पहाडबाट तराईमा बसाई सराई गर्नुपर्ने अवस्थाको अन्त्य गर्ने बताएका छन ।   गुल्मीको धुर्कोट गाउँपालिकाको कुर्तिखोला, बाङग्राकोट लिफ्टिङ खानेपानी आयोजनाको सोमवार उद्घाटन गर्दै मुख्यमन्त्री केसीले खानेपानीको समस्याका कारण बसाई सराई गर्नुपर्ने अवस्था नआउने बताएका हुन । लुम्बिनी प्रदेशभित्रका जनतालाई स्वच्छ खानेपानीको पहुँचमा पु¥याउने प्रदेशको लक्ष्य रहेको उनले बताए । 
पहाडी क्षेत्रका जनता खानेपानीको समस्याका कारण बसाई सराई गर्नुपर्ने बाध्यता पहिले रहेपनि अव त्यो समस्याको समाधान गर्न प्रदेश सरकारले काम अघि बढाउने उनले बताएका छन । 
प्रदेश भित्रका नागरिकलाई स्वच्छ पिउने पानीको ब्यवस्था नगरेसम्म नागरिकको दैनिक जीवनमा परिवर्तन नआउने भन्दै मन्त्री केसीले खानेपानीको समस्यालाई प्रदेश सरकारले प्राथमिकतामा राखेको बताए । 
उक्त खानेपानी आयोजनाबाट १८० घर परिवार लाभान्वित भएका छन् । घर घरमै  स्वच्छ खानेपानीको ब्यवस्था भएपछि स्थानीय जनताको दैनिकीमा परिवर्तन आएको धुर्कोट गाउँपालिकाका अध्यक्ष भुपाल पोखरेल बताउँछन । 
आफूहरुले स्थानीय तहको निर्वाचनमा पनि घर घरमै स्वच्छ खानेपानीको ब्यवस्था गर्ने प्रतिबद्धता जनाएकोले त्यी प्रतिबद्धता पूरा हुँदै गएको उनको दाबी छ ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार