२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

मुख्यमन्त्री राउतले भने :' शहीदको बलिदानीलाई खेर जान दिदैनौ ' 

शनिवार , मंसिर ११, २०७८


जनकपुरधाम, मङ्सिर । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले शहिदको बलिदानीले आज मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको बताएका छन ।  
प्रदेश २ को धनुषा जिल्लास्थित शहीदनगर नगरपालिकाको हरबाडामा नवनिर्मित शहीद कामेश्वर कुशेश्वर सभागृहको उद्घाटन गर्दै मुख्यमन्त्री राउतले कामेश्वर कुशेश्वर जस्ता शहीदले दिनुभएको बलिदानीकै फलस्वरुप मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको उल्लेख गरे । 
उनले शहीदको बलिदानीलाई प्रदेश सरकारले खेर जान नदिने बताउदैं उनले भने, शहीदको बलिदानीको बलमा स्थापित प्रदेश सरकार शहीदले देखेको सपना साकार गर्न सदैब तत्पर रहने विश्वास दिलाए ।  
मुख्यमन्त्री राउतले, ‘प्रदेश सरकार समाजमा पछाडी परेका समुदायको उन्नयनको लागि जनसंख्याको अनुपातमा आरक्षणको व्यवस्था, छोरीको शिक्षामा पहुँच बढाउन बेटी पढाउ बेटी बचाउ जस्ता कार्यक्रम ल्याएको बताएका छन । 
छोरी शिक्षा बिमा कोभिड महामारीका कारण हाललाई स्थगित भए पनि छिट्टै सञ्चालन हुने र त्यसले समाजमा नयाँ क्रान्ति ल्याउने उनको दावी थियो ।’
कार्यक्रममा बिशिस्ट अतिथी प्रदेश सभा सदस्य राम आशिष यादवले ७५ बर्ष पुरानो नेपाली कांग्रेस र ७२ बर्ष पुरानो कम्युनिष्टको विकल्प जनता समाजवादी पार्टी मात्र रहेको उल्लेख गर्नुहुँदै ४९ बर्ष पहिले शहिद भएका कुशेश्वर कामेश्वरको योगदानलाई काँग्रेस र एमालेले बिर्से पनि जसपा दैनिक स्मरण गर्ने गरेको बताएका छन । 
पुरानो पार्टी परिवारवादको पृष्ठपोषक भएको उल्लेख गर्दे यादवले जसपा जनताको आवश्यकता रहेको भन्दै विभिन्न पार्टीबाट जसपामा प्रवेश गरेका नव प्रवेशीलाई स्वागत समेत गरे । 
स्थानीय विनोद मण्डलको अध्यक्षतामा भएको उक्त उद्घाटन समारोहमा जसपाका नगर अध्यक्ष दिनेश यादव, उपाध्यक्ष सिता मण्डल, उपेन्द्र ठाकुर ताराचन्द्र यादव, उमेश निराला सहितका वक्ताहरुले सम्बोधन गरेका थिए ।  उक्त कार्यक्रममा विभिन्न पार्टी परित्याग गरेका करिब एक सय जना जसपामा प्रवेश गरेका थिए ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार