जनकपुर, कात्तिक । प्रदेश २ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामनरेश रायलाई मंगलबार पदमुक्त गरिएको छ । प्रदेश २ का प्रदेश प्रमुख हरिशंकर मिश्रले मुख्यमन्त्री लालबाबु राउतको सिफारिशमा मन्त्री रायलाई पदमुक्त गरेका छन ।
मुख्यमन्त्री राउतको सिफारिश अनुसार नेपालको संविधानको धारा १६९ को उपधारा (२) को खण्ड (ख) बमोजिम मन्त्री राय पदमुक्त हुनु भएको प्रदेश प्रमुखको कार्यालयको पत्रमा उल्लेख गरिएको छ ।
उक्त मन्त्रालयको कार्यभार मुख्यमन्त्री राउतलाई सुम्पिएको छ । जनता समाजवादी पार्टीका नेतासमेत रहनुभएका पदमुक्त मन्त्री रायले सम्हाल्नु भएको उक्त मन्त्रालय नेकपा एकीकृत समाजवादीलाई दिने तयारी भइरहेको एक स्रोतले जनाएको छ ।