२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

प्रदेश १ : 'मुख्यमन्त्री  राईले आज प्रदेशसभाबाट विश्वासको मत लिंदै' 

मंगलवार , कार्तिक ३०, २०७८


विराटनगर, कात्तिक  । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले आज प्रदेशसभाबाट विश्वासको मत लिंदै छन् । गत कात्तिक १६ मा पाँच दलीय गठबन्धनको तर्फबाट राई  मुख्यमन्त्री नियुक्त  हुनुभएको थियो ।

राईले आज साढे १२ बजे बस्ने बैठकबाट विश्वासको मत लिने भएका छन् । आज प्रदेशसभाको नवौं तथा हिउँदे अधिवेशनको पाँचौ बैठक बस्दैछ ।

बैठकबाट मुख्यमन्त्रीले विश्वासको मत लिने प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले बताए । सोमबार सत्तारुढ पाँच दलिय गठबन्धनको बैठक बसेको थियो ।  बैठकले कांग्रेस संसदीय दलका नेता राजीव कोइरालाको नेतृत्वमा उच्चस्तरीय राजनीतिक सम्यन्त्र बनाएको थियो ।
बैठकले कांग्रेस सांसद शेखरचन्द्र थापाको नेतृत्वमा सरकारको न्यूनतम साझा कार्यक्रम तय गर्ने कार्यदल पनि गठन गरेको छ । बैठकले गठबन्धनको तर्फबाट मुख्यमन्त्री बनेका राजेन्द्र राईको पक्षमा मतदान गर्ने निर्णय गरेको उनले बताए ।

सरकारमा सहभागी पाँच दलीय गठबन्धनमा ५० सांसद छन् । ९३  प्रदेशसभा सदस्य रहेको प्रदेश १ मा बहुमतका लागि ४७ मत आवश्यक पर्छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग ४० र राप्रपासँग एक सांसद छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार