२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

सुनको मूल्य : '३०० ले घट्यो '

सोमवार , कार्तिक २९, २०७८

काठमाडौँ, कात्तिक । नेपालको सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ३०० ले ओरालो लागेर रु ९४ हजार ३०० तोकिएकोे छ । पहेँलो धातु आइतबार प्रतितोला रु ९४ हजार ६०० मा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु ९३ हजार ८०० तोकिएको छ जसको मूल्य आइतबार प्रतितोला रु ९४ हजार १०० थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु १५ले घटेर रु एक हजार २८० तोकिएको महासङ्घले जनाएको छ ।

महासङ्घले अन्तरराष्ट्रिय बजारमा हुने सुनचाँदीका मूल्यको उतारचढावका आधारमा यहाँँ दैनिक सुन तथा चाँदीको काारोबार मूल्य तोक्दै आएको छ । अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८५७ डलर आसपासमा कारोबार भईरहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार