सोलुखुम्बु, कात्तिक । तीन भारतीय नागरिक र तीन नेपालीको टोलीले सोलुखुम्बुमा रहेको आमादब्लम हिमालको सफल आरोहण गरेका छन् । खुम्बु हिमश्रृखङ्लामा अवस्थित छ हजार ८१२ मिटर अग्लो हिमालको सफल आरोहण गरेका हुन् ।

आमादब्लम आरोहण गर्नेमा भारतीय नागरिक ललित कुमार, मानस मरला र सतिस कुमार हुन् भने खोटाङ बाकाचौल घर भएका कोठे स्थित हिमालयन लजका सञ्चालक आङगेलु शेर्पा, बाकाचौलकै निमानुरु शेर्पा र सोलुखुम्बुका लोपेन साङगे शेर्पाले पनि भारतीयसँगै आरोहण गरेको आरोहण दलका टिम लिडर आङगेलु शेर्पाले जानकारी दिएका छन ।

उनीहरुले आमादब्लमको शिरमा नेपाल र भारतको झण्डा फहराएका थिए । यो याममा आमादब्लम लगायतका केही साना हिमाल आरोहण गर्ने गरिन्छ ।