धरान, कार्तिक । धरान कृषि उपज बजारबाट तिहारको समयमा फूलको मात्र पौने २ करोड रुपियाँ बरावरको कारोबार भएको छ ।
धरानको कृषि उपज बजारबाट धनकुटा, तेह्रथुम, भोजपुर, संखुवासभालगायतको पूर्वी पहाडी क्षेत्रबाट २ लाख जतिको माला र भारतबाट एकलाख माला आयात भएकोमा लगभग पौने २ करोड फुलको मात्र कारोबार भएको धरानका कृषि उपज बजार व्यवस्थापक कृष्ण भटराईले जानकारी दिए ।
यसबर्ष आयातितभन्दा स्थानीय फूलको कारोबार बढी भएको छ । यो फूल धरानलगायत आसपासका अन्य शहरमा पनि निर्यात गरिएको थियो ।
यसैगरी, ओखर मात्र ५० लाख बराबरको बिक्री भएको छ । यो ओखर धरानलगाायतको अन्य शहरदेखि पश्चिम पोखरा शहरसम्म निर्यात भएको व्यवस्थापक भटराईले बताए ।