२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

'अरुणबाट उत्पादित विद्युत्ले अर्थतन्त्र मजबुद बनाउँछ' : अर्थमन्त्री शर्मा

बुधवार , कार्तिक १७, २०७८

 किमाथाङ्का,  कात्तिक । अर्थमन्त्री जनार्दन शर्माले सङ्खुवासभाको अरुण नदीबाट उत्पादित विद्युत्ले नेपालको अर्थतन्त्र मजबुद बनाउने बताउनुभयो ।

खाँदबारी नगरपालिका ९ तुम्लिङटारस्थित मनकामना रत्न अम्बिका माध्यमिक विद्यालयमा मङ्गलबार आयोजित कार्यक्रममा मन्त्री शर्माले अरुणबाट उत्पादित विद्युत्ले नेपालको व्यापार घाटा कम गर्न मद्दत पुग्ने बताउनुभयो ।

नेपालको अर्थतन्त्र मजबुद बनाउन नेपाल सरकारको लगानीमा माथिल्लो अरुण, किमाथाङ्का अरुण निर्माण गर्न लागिएको सो अवसरमा उहाँले जानकारी दिनुभयो ।

अपर अरुणलगायत थुप्रै आयोजनामा सरकारले लगानी गर्दैछ, मन्त्री शर्माले भन्नुभयो । व्यापार घाटा कम गर्न सक्ने स्रोत साधन सङ्खुवासभामा रहेका कारण सरकारले लगानी बढाउने उहाँले प्रतिबद्धता जनाउनुभयो ।

अरुणमा जलविद्युत् आयोजना निर्माण गर्न सरकारी कम्पनीलाई जिम्मा दिएर काम अघि बढाउन पहल गरिरहेको मन्त्री शर्माको भनाइ थियो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार