२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

दैलेख : ९० वडामा एमालेको नयाँ नेतृत्व

सोमवार , कार्तिक १५, २०७८

दैलेख, कात्तिक । नेकपा एमालेको आसन्न १० औँ महाधिवेशनलाई लक्षित गरी वडा र पालिका अधिवेशन गर्ने क्रम जारी रहेको छ । यसक्रममा दैलेख जिल्लाका ९० वटै वडाको वडा अधिवेशन सम्पन्न भएको छ ।

नेकपा एमाले जिल्ला कमिटी दैलेखले कात्तिक १२ गते वडा अधिवेशन सम्पन्न गर्ने गरेको भएपनि आइतबार मात्र वडा अधिवेशन सकिएको हो ।

नेकपा एमालेका पार्टी कार्यलय सचिव यामनारायण उपाध्यायले भैरवी गाउँपालिका५ को वडा अधिवेशन सम्पन्न भएपश्चात् ९० वटै वडामा अधिवेशन सकिएको जानकारी दिनुभयो । उहाँले पार्टीले कात्तिक १२ गते वडा र १५ गते पालिका अधिवेशन गर्ने निर्णय गरेको बताउनुभयो ।

नेकपा एमाले दैलेखका अध्यक्ष एव्म प्रतिनिधिसभा सद

उहाँले पार्टीलाई एकताबद्ध बनाउन सहमतिबाट नेतृत्व चयन गर्नुपर्ने भएका कारण केही वडामा अधिवेशन लम्बिएको जानकारी दिनुभयो ।

नेकपा एमाले बिभाजनको असर परेपनि समग्रमा जिल्लामा नेकपा एमाले एकताबद्ध रहेको दावी उहाँको छ । केही साथीहरु सत्ताका पछाडि लागेर अन्यत्र गएपनि पछि मुल पार्टीमा आउने उहाँले बताउनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार