२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

पर्सा:उपभोग्यको नाममा अबैद्य समान भित्रिदैँ

सोमवार , कार्तिक १५, २०७८

पर्सा, कात्तिक । बीरगन्ज भन्सार कार्यालयको मूल गेटबाट दैनिक उपभोग्यका समान खाद्यान, कपडा, भाडा, बिजुलीका समान सौन्र्दय समागी्रलगायतका समान प्रत्येक दिन सिमापारी रक्सौलबाट ठूलो परिमाणमा सामान भित्रने गरेको छ ।यसरी लाखौँको सामन भित्रिरहँदा पनि चेक जाँचमा खटिएका सुरक्षाकर्मी मौन हुने गरेको प्रत्यक्षदर्शीको भनाई छ ।सिमाक्षेत्रका स्थानीय प्रत्यक्षदर्शी बिनोदकुमार कुश्वाहाका अनुसार बिहानदेखि रातीसम्म दौनिक उपभोग्यका समानको नाममा लाखौँ रुपियाँको समान भित्रिनुमा चेकजाँचका लागि खटिएका सुरक्षाकर्मीको मिलोमतो रहेको बताउनुहुन्छ ।

सर्वसाधारण उपभोक्ताभन्दा पनि पटके तस्करले सुरक्षाकर्मीको मिलोमतोमा दिनको तीनचार पटकसम्म मालसमान ढुवानी गर्ने गरेको उहाँको भनाई छ ।गृहणी संगीता देबीले आपूmले चाडपर्वका समयमा केही खानेकुरा र तयारी कपडा लिएर आउदा दूईवटा चेकपोस्टमा खटिएका प्रहरीले केही नभनेको भए पनि रजतजयन्ती चोकमा खटिएको प्रहरीले एकसय लिएपछि मात्र जानदिएको गुनासो गर्नुभयो ।बीरगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत हरिहर पौडेलले कार्यालयको मूल गेटबाट तरकारी फलफुल माछा र ब्लककारगो बाहेक यात्रु शाखाबाट पाँच हजारभन्दा बढीको समानको भन्सार नगरिने बताउनुहुन्छ ।उहाँले दिनको दुई तीन जनाले मात्र भन्सार तिरेर लाने गरेको र अन्यले दैनिक उपभोग्यका समान भन्दै लाने गरेको बताउनुहुन्छ ।सिमा सुरक्षा र चेकजाँचका लागि मुलुकको प्रमुख प्रवेशद्वार भनिएको बीरगन्ज नाकाको ईनर्वा प्रहरी चौकीमा प्रहरी नायब निरीक्षकको कमाण्डमा र बीरगन्ज भन्सार कार्यालयमा सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा सुरक्षाकर्मी खटाईएको भए पनि मूल नाकाबाट हुने तस्करी नियन्त्रणमा आउन नसकको भन्सार स्रोतको भनाई छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता ओमप्रकाश खनालले चाडपर्वका समयमा चेक जाचलाई कडा पारीएको र थप प्रहरी परिचालन गरि अबैद्य ब्यापार नियन्त्रण गर्ने प्रयास प्रहरीले गरिरहेकोे बताउनुहुन्छ ।श्रीगणेश लक्ष्मी बस्त्रालयका सञ्चालक आदित्य बर्णनवालले कोभिड १९ का समयमा सिमानाका बन्द हुँदा आफुहरुको ब्यापार राम्रो चलेको भए पनि सिमानाका खुल्ला हुँदा ठुलो परिमाणमा मुलनाकाबाट अवौध रुपमा समान भित्रिदा चाडपर्वका समयमा पनि ब्यापार नचलेको गुनासो गर्नुहुन्छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार