काठमाडौँ, कात्तिक । बैंक अफ काठमाण्डू लिमिटेडले आफ्ना ग्राहकहरुलाई समय सापेक्ष गुणस्तरिय सेवा दिर्दै आइरहेको र यस्तै गुणस्तरिय डिजिटल सेवालाई अझै विस्तारित गर्न यस बैंकले श्री नेपाल पेमेन्ट सोलुसन्स् संग सहकार्यको लागि सम्झौता गरेको छ ।
यस सम्झौता अनुसार बैंक अफ काठमाण्डू लिमिटेडका ग्राहक महानुभावहरुले नेपाल पेमेन्ट सोलुसन्स्बाट उपलब्ध हुने सेवाहरु रकम स्थानान्तरण, वालेटहरुमा रकमान्तर तथा अन्य थुप्रै सेवा तथा सुबिधाहरु पाउनु हुनेछ ।
उक्त सम्झौतामा बैंकको तर्फबाट श्री अमर राजभण्डारी र श्री दिलन शाक्य तथा नेपाल पेमेन्ट सोलुसन्स् प्रा.लि.को तर्फबाट श्री प्रताप श्रेष्ठ र श्री सिमन श्रेष्ठले हस्ताक्षर गर्नुभएको हो ।
नेपाल पेमेन्ट सोलुसन प्रा. लि. एक भुक्तानी प्रणाली एग्रीगेटर हो जसले विशेष गरी बैंक तथा वित्तिय संस्था, पीएस्पी, रेमिट्यान्स कम्पनी र व्यवसायिक क्षेत्रमा केन्द्रित रहेर काम गर्ने गर्दछ । नेपाल पेमेन्ट सोलुसनले अधिकाशं बैंक तथा वित्तीय संस्थासँग सहकार्य गरी काम गरी रहेको छ ।
बैंक अफ काठमाण्डू लिमिटेडले ९१ शाखा कार्यालयहरु, ८० एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।