बुटवल, कात्तिक। विश्वबाट पोलियो रोग उन्मूलन भएको भनिए पनि पोलियो रोगप्रतिको जनचेतना अझै आवश्यक रहेको छ ।
विश्व पोलियो दिवसका अवसरमा बुटवलमा आइतबार आयोजित जनचेतनामूलक कार्यक्रममा पोलियो उन्मूलन भए पनि पोलियो प्रभावितहरू यदाकदा देखिने गरेको बताउँदै पोलियो रोगप्रतिको सचेतना गाउँ गाउँसम्म फैलाउनुपर्नेमा समेत जोड दिइयो ।
कार्यक्रममा रोटरीयन राजेन्द्रप्रसाद ध्वजूले पोलियो रोग उन्मूलन भए पनि यसप्रतिको जनचेतना अझै आवश्यक रहेको बताए । उनले सबैजना सचेत रहे मात्र पोलियो उन्मूलन हुनसक्ने बताए