धनुषा, असाेज । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेशसभामा विश्वासको मत पाएका छन् । राउतको पक्षमा ७७ र विपक्षमा २३ जनाले मत दिए । बुधबारको प्रदेशसभा बैठकमा सय जना उपस्थित थिए।
मुख्यमन्त्री राउतले प्रदेशसभामा संविधानको धारा १८८ को उपधारा २ र प्रदेशसभाको कार्य संचालन नियमावली २०७५ को नियम १४३ को उपनियम (४) बमोजिम प्रदेशसभामा विश्वासको मतको लागि पेस गरेको प्रस्तावमा मत विभाजन गर्दा राउतको पक्षमा ७७ प्रदेश सांसदले मत दिएका थिए।
प्रदेश २ मा १ सय ४ जना प्रदेश सांसद छन् । जसपाका ३८, कांग्रेसका १९, माओवादी केन्द्रका ८, नेकपा (एस) को १३, नेपाल संघीय समाजवादी पार्टीका १ र १ जना स्वातन्त्र सांसदको सरकारलाई समर्थन छ ।
लोसपाका १६ जनामध्ये १५ जना, एमालेका ८ जना गरी २३ जना विपक्षमा मत दिएका थिए । लोसपाका प्रदेश सांसद डिम्पल झा उपचारका लागि भारतमा छिन् ।